
तिलोत्तमा, २०७९ कार्तिक २५ गते।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको बताए ।‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन छदै छैन,’ उनले भने, ‘नेपाली जनताले झण्डै ७० बषै लडेर ल्याएको संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याएर फेरि देशलाई निरंकुशता र अराजकतातिर धकेल्ने बिचमा जनमत संग्रह हुन लागेको छ ।
’राजतन्त्र फिर्ता ल्याउनका लागि आफूहरुविरुद्ध अर्को गठवन्धन बनेको बताउँदै उनले दुई गठवन्धन बिच राजनीतिक भिडन्त हुने जानकारी दिए ।आसन्न निर्वाचनमा अत्याधिक बहुमतले आफूलाई विजयी गराएर नयाँ इतिहास कायम गर्न पनि उनले आग्रह गरेका छन् । ‘संसारले पनि गोरखाले नयाँ इतिहास कायम गर्यो भन्ने खालको मतपरिणाम ल्याउनुपर्यो, अरु जस्तै सरदर जित हुनु भएन,’ उनले भने ।
कमेन्ट गर्नुहोस्