लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशको सहज बाटोको फैसला आउँदाे चुनावले गर्छ : प्रधानमन्त्री देउवा

tillotmacitynews - 2022 Nov 11 08:52 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २५ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने टिप्पणी गर्नुभएको छ ।वाम लोकतान्त्रिक गठबन्धन काठमाण्डौ क्षेत्र नम्बर १० ले आज शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । यो संविधान समावेशी छ ।’ 


सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको प्रधानमन्त्री देउवाको जिकिर छ । उहाँले भन्नुभयो, ‘समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाइ राख्नु छ । नेपाली जनताले चुनावमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ।’प्रधानमन्त्री देउवाले जथाभाबी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको उल्लेख गर्नुभयो। गठबन्धन आउँदो १० देखि १५ वर्षसम्म जाने उहाँको भनाइ थियो । 

कमेन्ट गर्नुहोस्