
तिलोत्तमा, २०७९ कार्तिक २३ गते। रुपन्देही क्षेत्र नम्बर-१ (२) का उम्मेदवार अब्दुल रज्जाकले रोकिएको विकास निर्माणका अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।बुधबार घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले वि. सं. २०७० मा आफू निर्वाचित भए पछि थुप्रै विकास निर्माणका योजनाहरुको सुरुवात गरेको बताए। 'धेरै योजनाहरु सम्पन्न गरिएता पनि कतिपय भौतिक संरचनाका कुराहरु अझै पूरा भएका छैनन्' तसर्थ निर्वाचित भए पछिको पहिलो प्राथमिकता अधुरो विकास निर्माणकार्य पूरा गर्नेछु' रज्जाकले भने ।
घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह संयोजक लेखनाथ न्यौपानेले बताए।
कमेन्ट गर्नुहोस्