
तिलोत्तमा,२०७९ साल १९ कार्तिक। गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनु भएको छ । शनिबार भैरहवामा रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको बृहत् कार्यकता भेलामा सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताउनु भयो । लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्वयस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जीत अत्यावश्यक रहेको उहाँको भनाइ थियो । एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराउनुभयो । गणतान्त्रिक व्यवस्था बचाइ नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाइ थियोे । निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाणले बताउनुभयो ।
नेकपा माओबादी केन्द्र जिल्ला क्षेत्र नम्बर ३ रुपन्देहीको आयोजनामा भएको सो कार्यक्रम निर्बाचन संयोजक लक्ष्मण खनालको अध्यक्षता तथा नेपालि कांग्रेसका नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यता, नेकपा माओबादी केन्द्रका सो क्षेत्रका समानुपातिक उम्मेदवार नेता हकी कुल्लाह खाँको बिशिष्ठ आतिथ्यता तथा नेपाल समाजबादी पार्टीका क्षेत्र नम्बर ३ क का प्रदेश सभा उम्मेदवार सन्तोस पाण्डे, महिला नेत्री सोनिया यादव, लागयाताले बोल्दै ५ दलिय गठबन्धनलाई जसरि पनि जिताउनुपर्ने बताएका थिए।
कमेन्ट गर्नुहोस्