लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिन्छौ : उम्मेदवार विष्णु पौडेल

tillotmacitynews - 2022 Nov 03 09:12 PM
IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभयको छ ।एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथामिकताका साथ काम गर्ने पौडेलले बताउनुभयो ।


एमाले बुटवल–६ को शाखा कमिटी भेलालाई बिहीवार बिहान सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने बताउनुभयो ।रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने बताउनुभयो भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ ।रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्