
तिलोत्तमा,२०७९ साल १६ कार्तिक। रुपन्देही क्षेत्र नं. २ (ख) क्षेत्र अन्तर्गत वाड नम्बर १३ मा बाम गठबन्धनले संयुक्त निर्वाचन प्रचार प्रसार कार्यलय स्थापना गरेकाे छ। उक्त कार्यक्रमलाइ संबाेधन गर्दै साेहि निर्वाचनको क्षेत्रका प्रदेश सभा सदस्य उम्मेदवार कार्यक्रमका बिशिष्ट अतिथि बामदेब क्षेत्रीले व्यानर पढेर कार्यक्रमकाे उद्धघाटन गरेका थिए ।कार्यक्रमकाे उद्धघाटन गर्दै क्षेत्रीले गठबन्धन दलका उम्मेदवारहरु १३ हजार मताले अगाडी भएकाे बताए । याे निर्वाचनमा हामी जितकाे संघारमा छाैँ । ६ दलिय गठबन्धनकाे बलियाे सम्भावना देखेर अहिलेकाे अबस्थामामा एमाले अत्तालिएकाे छ । गठबन्धनमा ईमानदारिता देखीए भने र हामीलाइ चुनाब हारियाे भने राजनिती गर्ने कुनै छुट हुदैन त्यसकारण सबै मतदात दत्तचित्त भएर लाग्न आवश्यक रहेकाे बताए ।
उनले भने अहिलेकाे हाम्राे लडाई प्रतिगामन बिरुद्धकाे हाे । प्रतिगमनलाई परास्ता गर्न हामी ६ दलिय गठबन्धनका जनताहरु एकबद्ध भएर लाग्नु पर्ने बताउदैँ असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएकाले गठबन्धनका दलहरुलाई विजयी बनाउन आग्रह समेत गरे । रुपन्देहीकाे हकमा उनले भने रुपन्देही क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरु निरन्तर चुनाब लडेर निरन्तर निर्वाचित भएका उम्मेदवार हुन तर उनिहरुले जनताकाे हकमा के गरे यस्काे मुल्यांकन जनताले गर्नु पर्नेछ । तर हामी ६ दलिय गठबन्धनका सबै उम्मेदवारहरु नयाँ हाैँ पहिलाे पटक चुनाबी मैदानमा उत्रिएका छाैँ । पटक पटक एमालेले निर्वाचन जिते पछि के गरे उनिहरु अहिले पनि जनतालाई भर्म छर्दै हिडेका छन । बुटवलका मुख्य सडक खानेपानि र शुकुम्बासिकाे अबस्था अहलिले पनि उस्तै छ ।जनतालाई भुलाउने र ललिपप देखाएर आखाँ माथी छाराे हाल्ने काम एमालेल गरिरहेकाे छ ।
जनहितमै काम गर्ने हाे भने अबस्थित बाेसबासका जनतालाई साेहि ठाउँमा स्थानान्तरण गर्न सकिन्छ । साेहि ठाउँकाे नायँगाउलाई आधुनिक सिटकाे रुपमा बिकास गरि प्राबिधिक शिक्षाकाे ब्यवस्था गर्न सकिन्छ । मंसिर ४ पश्चात केन्द्र र प्रदेशमा गठबन्धनकाे सरकार बन्छ जनताकाे सपना सारकार गर्न सक्छाै राेजगार सृजना गर्ने पक्षमा गठबन्धन छ । स्बास्थ शिक्षामा प्राथमिक्ता राख्ने छाै साना र मझौला उधाेगलाई व्यबस्थीत गर्ने छाै । जनताले प्रत्यक्ष अनुभुति गर्ने खालका बिकासमा मुख्य जाेड दिनेछाैँ क्षेत्रीले भने । हाम्राे यात्रा लामाे छ हामीलाई हार्ने छुट छैन एमालेकाे हाउगुजीमा नलाग्न सबै मतदाहरुमा आग्रह गरे । राजनिती हाम्राे सेबा हाे हामी जनताका सेवक हाैँ । स्वच्छ राजनीति गर्न जुरिर छ। जनगुनासाे अनुसार काम गर्ने छु । गरिज बाबुराम र प्रचण्डलाई शान्ति सम्झाैतामा पहल गर्ने मुख्य व्यक्ति हुँ । पुरानाे ईतिहास सम्झेर पनि सबै दलमा गठबन्धन मजबुत हुन आवश्यक छ सबै ईमानदारिता पुर्वक मतभेद त्यागेर दत्तचित्त भए मतदान गर्याे भने हाम्राे जित निश्चित छ ।
कमेन्ट गर्नुहोस्