
तिलोत्तमा, २०७९ साल १५ कार्तिक। रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाटलाई तिब्र रुपमा अगाडी बढाएका छन् । यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा आएका पूर्व नगर प्रमुख घिमिरेले मंगलबार कञ्चन,गैडहवा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताहरुसँग भेटघाट गरेका हुन् । बिकास, समृद्धि र योजनाले तिलोत्तमा चिनाए,अब क्षेत्र नम्बर ५ चिनाउनु छ भन्दै उनले बिकासको बिगुल रुपन्देहीको क्षेत्र नम्बर ५ बाट शुरु हुने बताए। यस अघि जनताले बिश्वास गरेर जिताएकाले जनताको हितमा देख्ने गरि काम नगरेको मतदाताले गरेको गुनासो सुनेपछि घिमिरेले अबको जित बाट आफुले यस क्षेत्रका किसान मजदुर ब्यबसायी यहाँका उद्योग कलकारखाना तथा समग्र क्षेत्रको बिकासमा आफु खटिने बताए।
उनीसँगै मतदाता भेटघाटमा प्रदेश सभा सदस्यका उम्मेदवार भुमिश्वर ढकाल, रामचन्द्र यादव, बिष्णु अर्याल लगायत पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मतदातासँगको भेटघाटका उम्मेदवार घिमिरेले विश्व समुदायमा नेपाललाई चिनाउने लुम्बिनीसमेत रहेको रुपन्देही क्षेत्र नं ५ को समग्र विकासका लागि आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै देशमा तिलोत्तमा चिनाए, अब पालो क्षेत्र नम्बर ५ संगै समग्र रुपन्देहीको भएकोले निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन्।
घिमिरेले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने र नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित सडक पूर्वाधारका आयोजनाहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।एमाले नेता घिमिरेले नेकपा एमालेले अघि सारेको योजनाबाट क्षेत्र नं ५ मा विकासको लहर ल्याउने बताए ।
कमेन्ट गर्नुहोस्