लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करोड क्लबमा ‘खोली तारी देउन माझी दाइ’

tillotmacitynews - 2022 Nov 01 11:20 PM
IMG

तिलोत्तमा, २०७९ साल १५ कार्तिक। गायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको निर्देशनमा तयार भिडियोमा खेम सेञ्चुरी र गीता ढुंगानाको अभिनय छ। करोड क्लबमा प्रवेश गरेसँगै गीतका संगीतकार एवं मोडल खेम सेञ्चुरीले फेसबुकमा खुशी साटेका छन् । उनले गायिका शान्तीश्रीको मेहनतलाई यतिबेला सम्झिरहेको बताएका छन् । उनी लेख्छन्, ‘माझी दाई करोड क्लबमा प्रवेश । शान्तीश्रीजीको त्यो मेहनत दुःख कष्ट सम्झिरहेको छु ।


नेत्र अर्याल दाइको यो मिठा–मिठा शब्दहरू, भन्नै नसकिने तपाईं सम्पूर्ण संगीतप्रेमीहरूको माया प्रेम, अनि साँच्चिकै यो तिज, दशैं तिहारमा जताततै मज्जाले सुन्न पाइयो ।’गायिका शान्तीश्रीका यसअघि थुप्रै गीत करोड क्लबमा प्रवेश गरेका छन् । खेमका पनि एकपछि अर्को गीतले करोड भ्युज पाइरहेका छन् । लोकदोहोरी गीत लेखनमा नेत्र अर्यालले एकपछि अर्को सफलता पाइरहेका छन् ।अजय रेग्मीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको गीत दुई महिनाअघि शान्तीश्री परियारको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको थियो । दुई महिनाको छोटो समयमै गीतले करोड भ्युज पाएको हो ।अहिले यो समाचार तयार पर्दा सम्म यो गीतको भ्युज १ करोड ६५ लाख रहेको थियो। 



कमेन्ट गर्नुहोस्