लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकाएक चर्चामा पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’

tillotmacitynews - 2022 Nov 01 11:16 PM
IMG

तिलोत्तमा, २०७९ साल १५ कार्तिक।  लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ ।गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ ।समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि हाँस्य–ब्यङग्य शैलीका गीतहरू बढी ल्याइरहेका पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ भने मार्मिक छ ।यस गीतमा आफैले कोरेका शब्दमा आफै संगीत भरेर एकल स्वर दिएका हुन् पशुपतिले ।


दुःखको गीत भएपनि शब्दसँगै संगीत मिठो भएकाले श्रोता दर्शकले निकै रुचाएका छन् । गीतको शब्दले छोएको श्रोता दर्शकको प्रतिक्रिया छ ।‘मलाई पनि छ, उनलाई पनि छ,आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ’ योसँगै गीतका अन्य हरेक टुक्का पनि रुचाइएका छन् । हरेक टुक्कामा थुप्रै श्रोता/दर्शकले टिकटक बनाएका छन् ।गीतको भिडियो भने कुनै तामझामबीना सामान्य बनाइएको छ । यसले के पनि सन्देश प्रवाह गरेको छ भने गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ । भिडियोमा पशुपति स्वयं प्रस्तुत छन् ।दुर्गा पौडेलले छायाँकन एवं निर्देशनको कार्यभार सम्हालेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।


पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ८ मिनेटको उक्त गीत सार्वजनिक गरेका हुन् ।नयाँ गीतले सफलता पाइरहँदा पशुपतिको आज जन्मदिन परेको छ ।शुभचिन्तक एवं लोक संगीत प्रेमीले पशुपतिलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।



कमेन्ट गर्नुहोस्