
तिलोत्तमा, २०७९ साल ५ कार्तिक। नेकपा एमालेका पुर्ब वडा अध्यक्ष नेपाली काङ्ग्रेस प्रबेस गरेका छन् । साबिक टिकुलिगढ गाउँ बिकास समिती वडा न ७ बाट २०५४ मा वडा अध्यक्षमा निर्वाचित होम शंकर भट्टराई काङ्ग्रेस प्रबेस गरेका हुन । पाँच दलिय गठबन्धद्वारा तिलोत्तमा नगरपालिका १४ टिकुलिगढमा आयोजित कार्यक्रममा उनले एमालेलाइ जिताएर जनचाहना अनुसार काम गर्न नसको र अब मुलुकको बिकासकालागी काङ्ग्रेसको बिकल्प नभएको बताए ।
सोही कार्यक्रममा एमाले नेता तारा प्रसाद छन्तेल, पुर्ब खेलाडी राजु लामा सहित एकसय भन्दा बढी काङ्ग्रेस प्रबेस गरेका छन । प्रबेस गर्नेहरु उक्त क्षेत्रका लोकप्रिय ब्यक्ति हुन । नब प्रबेसिहरुलाइ स्वागत गर्दै नेपाल सरकारका गृहमन्त्री एबम पाच दलिया गठबन्धन रुपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले मुलुकको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्ने बताए ।
कमेन्ट गर्नुहोस्