
तिलोत्तमा सिटी न्युज, कार्तिक ४ गते, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमाले अध्यक्ष केपी ओली नसुध्रिने बताएका छन् । बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, -‘सरम लाग्दैन रु काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् । उनले भने ।’ ‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।
प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।ओली हिटलर बन्न खोजेको उनको आरोप थियो । प्रशिक्षण कार्यक्रमको संबोधनमा अधिकांश समय ओलीलाई कटाक्ष र आलोचनामा समय खर्चिएका नेपालले अन्तिममा ‘जय नेपाल’ सम्बोधन गर्दै भाषणको अन्त्य गरेका थिए । ओलीले सरकारको नेतृत्व गर्दा आफूले भने वा माओवादी अध्यक्ष प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टीनु परेको उनले बताए । नेता घनश्याम भुसालतर्फ हेर्दै नेपालले भने –‘उहाले ओलीलाई धुन्छु भन्नु भएको थियो, साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिने वाला छैनन् ।’ आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै समाजवादी अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाहाको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्