लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजु गुरुङको अन्तिम फैसला आजै आउने, सुनुवाई जारी

IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक ४ गते, सर्वोच्च अदालतमा रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिटमा सुनुवाइ जारी रहेको छ  । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा उम्मेदवार गुरुङले दायर गर्नुभएको रिटमा सुनुवाइ भइरहेको हो । रुपन्देही–२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको थियो  । 



असोज ३१ गते न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालिन अन्तिरम आदेश दिदैँ कात्तिक २ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेसी तोकिएको थियो ।निर्वाचन कार्यालयले बेंकीङ कसुर अन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । रिटकोे आजै अन्तिम फैसला आउने सम्भावना रहेको छ ।


कमेन्ट गर्नुहोस्