
तिलोत्तमा,२०७९ कार्तिक १ गते। उद्योग व्यापार संगठन, रुपन्देहीले सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुभफउँदै यस्तो माग गरेको हो । त्यस्तै न्यूनतम रु. १ हजार भन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमा लगायत भन्सार नाकामा सीसीटिभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतपफर््बाट जाने र एक तर्फबाट आउने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ ।
त्यसै गरी घरायसी सामानको एकद्वार प्रणालीमापफर््त छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएको सामानको अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानहरुको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने संगठनको माग छ ।
विवाह, व्रतबन्ध, चाडपर्व लगायत अनेक बहानामा सीमा पारी गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘यहाँका व्यवसायीलाई दिनभरी पसल कुर्न मात्र भएको छ भने सीमा पारी सुनौली बजारमा सामान किन्नेको जात्रा जस्तै छ, त्यसैले गर्दा यहाँको व्यापार व्यवसाय पनि सञ्चालन गर्नका लागि वातावरण सिर्जना गर्न आवश्यक छ, नत्र उद्योगी व्यवसायीहरुले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’
ज्ञापनपत्र बुझाउदै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले तस्करी नियन्त्रणका लागि व्यवसायीको साथ आवश्यक रहेको बताए । उनले भने, ‘भन्सार कार्यालयसँग जोडिएको विषयवस्तुहरु कार्यान्वयन हुन्छन् ।’ तस्करीको सामान व्यवसायीले खरीद गर्न नहुने उनको भनाइ छ ।
ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राम मिलन यादव, सचिव तथा प्रवत्तफ लक्ष्मण भण्डारी भैरहवा भन्सार कार्यालय रुपन्देही पुगेका थिए । यसअघि सीमा नाकामा कडाइ गर्न माग गर्दै संगठनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापनपत्र बुझाईसकेको छ ।
कमेन्ट गर्नुहोस्