लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अहिलेको निर्बाचन लडाईं हो, हामीले शानदार जित हासिल गर्नुपर्छ : क्षेत्र नम्बर १ उम्मेदवार भुसाल

IMG

तिलोत्तमा, २०७९ असोज २९ गते।  नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्र रुपन्देही क्षेत्र नम्बर १ निर्वाचन समन्वय कमिटीको  बिस्तारित बैठक सप्पन्न भएको छ।पार्टी को बैठक केन्द्रित माओवादी क्षेत्र न १ का  निर्वाचन संयोजक हेमन्त पाण्डेको संयोजकत्वमा आज सम्पन्न बैठकले रुपन्देही क्षेत्र नम्बर १ का लोकतान्त्रीक बाम गठबन्धनका साझा संघीय उम्मेदवार घनस्याम भुसालको चुनाब चिन्ह त्रिभुज,यसैगरी दुबै प्रदेश क्षेत्र का उम्मेदवार अब्दुल रज्जाक,बिस्वनाथ यादबलाई रुख चुनाव चिन्हमा मतदान गरि अत्यधिक मतले बिजय गराउन आग्रह गरेको जानकारी दिए ।


बैठकमा घनश्याम भुसालले लोकतान्त्रिक बाम साझा उमेदवारको बिजय सुनिश्चित भएको बताए । उनले अहिलेको मङ्सिर ४ ओ चुनाब एउटा राजनीतिक लडाईं भएकोले सो लडाईमा यो गठबन्धन र साथ् को शानदार जित हुने र निर्धक्क भएर भोट हाल्न आग्रह गर्दै सो लडाईं जित्नुपर्ने बताएका छन्। सधैभरी दासत्व स्वीकार नहुने बताउदै भुसालले यो पटक जनता आफ्नो सहि मुल्यांकन गरेर आफ्नो र देशको राष्ट्रियता तथा अखंड़ताको रक्षा गर्न एकजुट हुनुपर्ने बताएका छन्। त्यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उमेदवार  अब्दुल रज्जाक र विश्व नाथ यादव आफुहरु चुनाव जित्नेमा ढुक्क भएको बताए । कार्यक्रममा माओवादी नेता घनश्याम यादव र माओवादी रुपन्देही जिल्ला संयोजक निर्मल जि सि ले उमेदवारलाई अग्रिम बधाई तथा जितको शुभकामना दिएका थिए । कार्यक्रम नेकपा माओवादी क्षेत्र न १ का सचिव शिव कुमार धवलले संचालन गरेका थिए । 



कमेन्ट गर्नुहोस्