
तिलोत्तमा, २०७९ असोज २६ गते। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि कपिलवस्तुमा सुरु भएको छ । महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा जारी रहनेछ ।यस अगाडि असोज १ देखि गर्ने भनिएको महाधिवेशन सरकारले विप्लव लगायतका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि अवस्था प्रतिकुल बनेको भन्दै स्थगित गरिएको थियोे ।
पछाडि सरकार र नेकपाका नेताहरु विच विभिन्न चरणमा छलफल गरेपछि विगतको सहमति कार्यनयन गर्ने निर्णय भए लगत्तै नेकपाले असोज २५ देखि महाधिवेशन गर्ने निर्णय गरेको थियोे ।पार्टीको नवनिर्मित केन्द्रीय कार्यलयमा २५ गते महासचिव विप्लवले महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य प्रकाश डुम्रेले बताएका छन् । डुम्रेले महाधिवेशनमा देशभरका प्रतिनिधि पर्यवेक्षण आउने क्रम चलिरहेको समेत बताए ।
ड्रोन उडाएर विप्लवले गरे नवौँ महाधिवेशन उद्घाटन
नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन मंगलबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ।महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक कार्यक्रमबीच गरेका छन्।नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए।विप्लवलाई नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता पोशाक लगाएका युवाले सलामी अर्पण गरेका थिए।महाधिवेशन उद्घाटन अगाडि शिवगढीका ठाउँ-ठाउँमा झाँकी र र्याली निकालिएको थियो।महाधिवेशनमा देशभरका झण्डै ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी भएको जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए।कार्यक्रम असोज ३१ गतेसम्म रहनेसमेत डुम्रेले बताए।उद्घाटन कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य राखिसकेपछि विप्लवले सम्बोधन गरेका थिए।
कमेन्ट गर्नुहोस्