लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन आजदेखि

IMG

तिलोत्तमा सिटी न्युज, असोज २५ गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । यसअघि काठमाडौंमा हुने भनिएको महाधिवेशन चन्दको गृह जिल्ला कपिलवस्तुमा हुन लागेको हो । आज दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले महाधिवेशनको उद्घाटन गर्दैछन् । विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु पुगिसकेका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या खुलाइएको छैन ।



कमेन्ट गर्नुहोस्