लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री खाणको नेतृत्वको गठबन्धनको संयुक्त बैठक

tillotmacitynews - 2022 Oct 10 09:25 PM
IMG

तिलोत्तमा, २०७९ असोज २४ गते। भैरहवा -गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा आइतबार रुपन्देहीका विभिन्न स्थानमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारसहित संयुक्त बैठक बसेको छ। ती बैठक अगामी चुनावमा गठबन्धनका उम्मेदवार बिजय गराउन आवश्यक रणनीतिका विषयमा केन्द्रित थिए ।आइतबार रुपन्देही निर्वाचन क्षेत्र नं १, क्षेत्र नं २ र क्षेत्र नं ३ मा सत्तारुढ गठबन्धन का उम्मेदवार र गठबन्धन दलका अगुवा कार्यकर्ताशीत बैठक बसेको हो।


बैठकमा नेपाली कांग्रेसका  केन्द्रीय सदस्य समेत रहेका बाल कृष्ण खाँणले गठबन्धनमा आबद्ध सबै दल एकजुट भएर उम्मेदवारहरुलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।सोमबार क्षेत्र/ क्षेत्रमा आयोजित गठबन्धनमा आबद्व दलका अगुवा नेता–कार्यकर्तासँगको छलफलका क्रममा खाँणले आफ्नो दलको सदस्य नभए पनि गठबन्धनका तर्फबाट मनोनयन गरेका उम्मेदवारलाई जिताउन मरिमेटर लाग्न आग्रह गरेका छन् ।गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा रहेकाले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार बिजयी गराउन केन्द्रित हुन सबैलाई  आग्रह गरे ।यसै गरि रुपन्देही क्षेत्र नं १ प्रतिनिधि मा उम्मेदवार रहेका धनश्याम भुसाल नेकपा एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिएका छन् । 


पूर्व मन्त्री समेत रहेका भुसाल स्वतन्त्र उठे पनि उनलाई सत्ता गठबन्धनले साथ सहयोग गर्ने प्रतिबन्धता जनाएका छन।बैठकमा राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको बिजयी जरुरी रहेको भुषालले बताए। बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा तथा राष्ट्रिय जनमोर्चाका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । सहभागीहरुले एक ढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने जनाएका थिए ।यसै गरि क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राजु गुरुङले संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाई जरुरी रहेकाले सबेले गठबन्धन का उम्मेदवार लाई विजय गराउन आग्रह गरे ।गुरुङले गठबन्धनका उम्मेदवारलाई जिताउन क्षेत्र स्तरमा समेत संयन्त्र जरुरी रहेकाले त्यस अनुसार अगाडि बढ्न अगुवा नेता कार्यकर्तासित अनुरोध गरे ।


रुपन्देहीमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका छन। 

क्षेत्र न.१ घनश्याम भुषाल (स्वतन्त्र उम्मेदवार,सत्ता गठबन्धनकाे साथ)

प्रदेशसभा १ (क) विश्वनाथ यादव (नेपाली कांग्रेस)

प्रदेशसभा १ (ख) अब्दुल रज्जाक (नेपाली कांग्रेस)

क्षेत्र न.२ राजु गुरुङ (नेकपा एकीकृत समाजबादी)

प्रदेशसभा  २ (क) दीर्घबहादुर केसी (नेपाली कांग्रेस)

प्रदेशसभा २ (ख)बामदेव क्षेत्री (नेकपा माओवादी केन्द्र)

क्षेत्र न. ३ बालकृष्ण खाँण (नेपाली कांग्रेस)

प्रदेशसभा ३ (क) सन्तोष पाण्डे (लोसपा)

प्रदेशसभा ३ (ख)रामचन्द्र ढकाल (नेपाली कांग्रेस) 

क्षेत्र न.४ मा प्रमोद यादव (नेपाली कांग्रेस) 

प्रदेशसभा ४ (क) अष्टभुजा पाठक (नेपाली कांग्रेस)

प्रदेशसभा ४ (ख) वसीउद्दिन खाँ (नेपाली कांग्रेस)

क्षेत्र न. ५ भरत कुमार शाह (नेपाली कांग्रेस)

प्रदेशसभा ५ (क) विष्णु पोखरेल (नेपाली कांग्रेस) 

प्रदेशसभा ५ (ख) फकरुद्दिन खान (नेपाली कांग्रेस)

कमेन्ट गर्नुहोस्