लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले पाेलिटब्युराे सदस्य बालकृष्ण ढुंगेलकाे निधन

tillotmacitynews - 2022 Oct 08 02:16 PM
IMG

तिलोत्तमा सिटी न्युज, असोज २२ गते । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज शनिवार बिहान काठमाण्डाै काँडाघारीमा रहेकाे आफ्नै निवासमा उहाँकाे निधन भएकाे हाे । घरकै बाथरुममा लडेर उहाँकाे निधन भएकाे हाे ।


परिवारका अरू सदस्य बर्दिवास गएकाले उहाँले घरमा एक्लै हुनु हुन्थ्याे । अहिले ढुंगेलकाे घरमा प्रहरी पुगेकाे छ । तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेकाे पोलिटब्युराे सदस्य पनि हुनु हुन्थ्याे ।तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उहाँ दुई पटक गरी झन्डै सात वर्ष जेल बस्नुभएकाे थियाे । 

कमेन्ट गर्नुहोस्