लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ५० करोड रुपैयाँ पनि पुगेन

tillotmacitynews - 2022 Sep 28 07:26 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १२।  शेयर बजार आज बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ ।


सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो ।आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले घटेको छ ।  


कमेन्ट गर्नुहोस्