लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सिमान्तकृत समुदायका लागि लुम्बिनी प्रदेशले पाइलै चालेन’

tillotmacitynews - 2022 Sep 26 10:19 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०। लुम्बिनी प्रदेश सरकारले सिमान्तकृत, दलित तथा अल्पसंख्यको पक्षमा उदाहरणीय काम  नगरेकाे सराेकारवालाले आराेप लगाएका छन् ।लक्षित  समुदायको पक्षमा   काम गर्ने , उनीहरुको लागि  विनियोजित बजेट लाई खर्च गर्ने अवसर रहेता पनि  ५ बर्ष सम्म सरकार, सम्बन्धीत मन्त्रालयबाट ठोस काम नभएको  सरोकारवालाहरुले बताएका हुन ।जागरण मिडिया सेन्टरको आयोजानमा बुटवलमा  भएको कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले प्रदेश सरकार प्रचुर संभावनाका विचमा पनि ठोस काम गर्नबाट चुकेको बताए ।


उनले दलित, सिमान्तकृत, अल्पसंख्यक, मुस्लीम लगायतको पक्षमा काम गर्ने, उनीहरुको लागि हक अधिकार स्थापित गर्ने योजनामा  कयौं काम गर्न सक्ने भएनि उनीहरुको पक्षमा विनियोजन गरिएको बजेट नै फ्रीज गराएर सरकारले काम गर्नबाट चुेकेको बताए । उनले  जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायको रुपमा रहेको मन्त्रालयले  समेत जनताकोपक्षमा काम नगरेको भन्दै सोही अनुसारको योजना बनाउनको लागि आग्रह गरे ।कार्यक्रममा प्रदेश सभा सदस्य तथा कृषि तथा वन वातावरण समितिका सभापती जालपा भुषालले  कार्यकारी समितिमा महिलाकोसहभागीता नहुँदा उनीहरुले अपेक्षा अनुसारको काम गर्न नसकेको बताए ।


उनले  महिला कार्यकारी समितिमा हुँदा आफुले ४ महिनामा कृषि , वन तथा वातावरणको क्षेत्रमा विभिन्न अनुमगन, भ्रमण तथा समस्याको विषयमा जानकारी लिने काम गरेको भन्दै उनले अन्य बेलामा भने महिलालाई कार्यकारीणी अधिकारी दिने विषयमा पार्टीका व्याक्तिहरुबाट नै असहयोग हुने गरेको बताईन ।  उनले एमाले, माओवादी, काग्रेस वा अन्य दलले समेत महिलालाई कार्यकारी पद दिने कुरामा कहिले पनि अगाडी नसार्ने गरेको उनको भनाई रहेको थियो ।यस्तै  प्रदेश सभा सदस्य कमला देवी विश्वकर्माले  समुदायको आवश्यकता अनुसारको काम गर्न नसकीएको बर्ताइन ।


महिला सांसाद मात्रै भएर संसादमा ताली बजाउने काममा बढि केन्द्रीत भएको भन्दै महिला लाई कार्यकारी निर्णय गर्ने अधिकार सम्पन्न क्षेत्रमा अवसर दिनुपर्ने उनको भनाई रहेको थियो ।यस्तै प्रदेश सभा सदस्य दिपा विश्वकर्माले उत्पडीनमा परेका समुदायको आवाज सोही समुदायबाट नै बढि मात्रामा उठ्ने गरेको बताउँछन्, जो जस संग सम्बन्धीत छ , सोही अनुसार नै  आवाज उठ्ने गरेको बताएकी थिईन, उनले ५ बर्ष सम्म आशातित काम गर्न नसकीएको भन्दै यसमा  कर्मचारीहरुबाट समेत असहयोग हुने गरेको बताईन ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभाले गरेको कामको विषयमा प्रदेश सभा सचिवालय सचिव दुर्लभ कुमार पुनमगरले कार्यपत्रसमेत प्रस्तुत गर्दै ५२ वटा कानुन बनाेएर देशमै सबैभन्दा धेरै कानुन बनाउने प्रदेश भएको बताए ।कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का महिला वडा सदस्य माया दर्नाल, जागरण मिडिया सेन्टरका केन्द्रीय सदस्य जगलाल नेपाली,ईन्सेक रुपन्देहीका प्रमुख रिमा वि.सी, पत्रकार कपिल ज्ञवाली, बिरेन्द्र कुवर, अम्बीका परियार,सुदीप पहाडी लगायतले धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्