लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालले पनि 'थिङ्क ट्याङ्क' लाई बेवास्ता गर्न मिल्दैन : स्वर्णिम वाग्ले

tillotmacitynews - 2022 Sep 26 09:45 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा 'थिङ्क ट्याङ्क' हरूको पृष्ठपोषण गर्न आवश्यक रहेको बताउनुभएको छ ।आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले देशमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा देशलाई नै हानी–नोक्सानी हुने विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘अरुण हाइड्रोपावर १९९५ मा रद्द भयाे विभिन्न कारणले । त्यो रद्द हुँदा राज्यले बेहाेरेकाे कष्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ । यस्ता कुराहरू पनि थिङ्क ट्याङ्कहरूले बोल्दिनुपर्छ । विश्वसनीय र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरूको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ ।’


पूर्वउपाध्यक्ष वाग्लेले श्रीलङ्कमा शासकहरूको सन्कीपनका कारण पनि देश सङ्कटमा फसेको बताउनुभयो । उहाँले नेपालले पनि थिङ्क ट्याङ्कहरूलाई बेवास्ता गरेर गए देशकाे विकास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न आवश्यक रहेको भन्दै थिङ्क ट्याङ्कहरूले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताउनुभयो ।पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरू चलायमान भइरहनुपर्ने आवश्यकता रहेको भन्दै विश्वविद्यालयभित्र पनि यसकाे विकास गर्नुपर्ने धारणा राख्नुभयाे । थिङ्क ट्याङ्कहरूलाई सरकारको सहयोगमा विकास गर्न आवश्यक रहेकाे उहाँकाे भनाइ थियाे । 


कमेन्ट गर्नुहोस्