लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रानी शाक्यको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषा (भिडियो)

tillotmacitynews - 2022 Sep 19 08:52 AM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज ३।  गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरु’ को म्युजिक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिस्ठ सञ्चारकर्मी रमा सिंह तथा कलाकारद्वय धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।


गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्य पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ । पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ।


भिडियोमा उत्तम हुमागाँइको सिनेमाटोग्राफी, माधव वेलवासेको सम्पादन छ । एकपछि अर्को गीत दर्शक तथा श्रोतामाझ दिएर नेपाली गीतसंगीतको क्षेत्रमा दर्शकमाझ राम्रोसँग परिचित बनिसकेकी गायिका रानी शाक्यले निरन्तर गीतसंगीतलाई माया गरिरहेकी छिन् ।



कमेन्ट गर्नुहोस्