लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२०औं लिस्नु कप : आयोजक र फर्साटिकर फाइनलमा भिड्दै

IMG

तिलोत्तमा सिटी , २०७९ असोज २।  लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न सेमीफाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम फोर ब्रदर्श एफसी, नवलपरासीलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजक एक दशक पछि यसरी फाइनलमा पुगेको हो। 


एक नाइजेरीयन खेलाडी फोडे फुफाना सहित मैदान ओर्लिएको आयोजक लिस्नुले हरेक खेलमा अहिले आफुलाई परिष्कृत गर्दै आएको छ।  फाइनलको उपाधि जित्ने दाऊमा रहेको लिस्नू सेमिफाइनलमा सञ्जीवनी युवा क्लब, देवीनगरलाई पछि पारेको फर्साटिकर एफसी, फर्साटिकर संग फाइनल खेल्दै छ। आइतबार सम्पन्न अन्तिम सेमी फाइनल खेलमा फर्साटिकरले सञ्जीवनी युवा क्लबलाई २-१ गोल अन्तरले हराएको थियो। 


बिशेष औपचारिक कार्यक्रमका बीच दिउसो केहि छिटो २ बजे शुरु हुने सम्पन्न कार्यक्रम संगै फाइनल खेल निकै रोमाञ्चक हुने दर्शकहरु बताउछन। तिलोत्तमा-१५ स्थित कोटिहवा श्री पशुपति माविको प्रांगणमा संचालन भैरहेको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ वटा टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।


त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ। 


कमेन्ट गर्नुहोस्