लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार

IMG

तिलोत्तमा सिटी , २०७९ असोज २ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ ।खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ ।पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीहरुको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको बताएका छन् ।खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले मोवाइल एपमार्फत मतदानको व्यवस्था गरेको थियो ।

कमेन्ट गर्नुहोस्