लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजान्छः प्रचण्ड

tillotmacitynews - 2022 Sep 17 10:27 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज १। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो ।


उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’उहाँले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताउनुभयो । 


उहाँले अहिलेकाे संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादकाे उदेश्यमा अघि बढाउने गरी आत्मसाथ गरेकाे बताउनुभयाे ।उहाँले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्