लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीले अदालतलाई गलत ढंगले प्रभावमा पारे : प्रचण्ड

tillotmacitynews - 2022 Sep 17 04:20 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज १। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ति सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको छ ।शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको हो । संसदको पुनर्स्थापना जनताको भावना र पहल, बहुमत सांसदको निर्णय, नागरिक समाजको पहल र संवैधानिक इजलासको बहुमतको कारणले सम्भव भएको उहाँको भनाई छ ।


उहाँले संसद विघटन गर्ने ओलीलाई संसद पुनर्स्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताउनुभयो । अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पार्नुभयो । उहाँले आगामी चुनावमा एमालेको अवस्थाबारे गएकाे पालिका तह चुनाव, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसनको चुनावले सन्देश दिइसकेको बताउनुभयो । अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्मअनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गर्नुभयो ।  

कमेन्ट गर्नुहोस्