लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घोषणापत्रका लागि माओवादीले विषयविज्ञसँग अन्तरक्रिया गर्ने

tillotmacitynews - 2022 Sep 16 09:38 PM
IMG

तिलोत्तमा सिटी , २०७९ भदौ ३१। नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्न विषय विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।शुक्रबार केन्द्रीय कार्यायलय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको समिति सदस्य डिपी ढकालले जानकारी दिए ।माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समिति बैठकले नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, वाम बुद्धिजीवी, अर्थशास्त्री, विकास विज्ञ, मिडियाकर्मी लगायत अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।


त्यस्तै आजको बैठकले विभिन्न बिषय बाँडेर घोषणा पत्र निर्माण समितिका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ । ढकालका अनुसार समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र आफूहरुले घोषणा पत्रमा दिने बताए ।‘समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र दिनुपर्छ हामीले घोषणा पत्रमा भन्ने कुरा भएको छ,’ उनले भने, ‘तीव्र औद्योगीकरण, तिब्र विकास र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने गरि हाम्रो घोषणा पत्र केन्द्रित हुन्छ ।’पार्टीको विभिन्न विभागलाई सुझाव संकलनका लागि भनिएको थियो इमेल प्राप्त हुने क्रममा रहेको उनले बताए। समितिको पहिलो बैठकले सुझावका लागि जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्