लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललितादेवीले जन्माइन् एकैपटक तिम्ल्याहा सन्तान

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २६  गते २०७९। पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।पर्साको पर्सागढी नगरपलिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् ।बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ ।


प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, एनेस्थेसिया तर्फका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झाको टिमले शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।उनले १० वर्षअघि वृज चौधरी थारुसँग विवाह गरेकी थिइन् । विभिन्न अस्पताल चाहारेपनि १० वर्षसम्म चौधरी दम्पतीको कुनै सन्तान हुन सकेन । आईभीएफ प्रविधिबाट गर्भ राखिएको थियो ।आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर थापाले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्