लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २१ गते २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गरेका छन् ।मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै बुधबारसम्म सवै टुङ्गो लाग्ने बताए । 


गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दावी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उनले बताए । त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको बताए । संसदको आयु लम्ब्याउन तिर जान नहुने बिषयमा गठबन्धनमा सहमति जुटिसकेको उनको भनाई छ । 


प्रचण्डले संसदको आयुका बिषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको जिकिर गरे । उनले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रुपमा अघि बढ्ने समेत बताए । 

कमेन्ट गर्नुहोस्