लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री भुसाल र पुर्वमेयर घिमिरेसहित ४ जनाको नाम सिफारिस

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १९ गते २०७९।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री धनश्याम भुसाल र तिलोत्तमा नगरपालिका निर्वतमान मेयर बासुदेव घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।


एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्री भुसाल र निर्वतमान मेयर घिमिरेसहित ४ जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो । सो क्षेत्रबाट पार्टीले दुर्गा भुसाल र सर्बजित शाहलाई पनि सिफारिस गरेको छ ।पुर्व मन्त्री भुसाल २०७४ को निर्वाचनमा यसै क्षेत्र बाट निर्वाचित भएका थिए भने तिलोत्तमाका पुर्व मेयर घिमिरे ख्यातिप्राप्त नेता हुन्।  

कमेन्ट गर्नुहोस्