लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपांग आश्रममा सहयोग

tillotmacitynews - 2022 Aug 29 08:20 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १३ गते २०७९।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले शनिबार बुटवल उपमहानगरपालिका–१३ स्थित नेपाल अपांग आश्रममा सहयोग गर्नुका साथै आश्रममा आश्रितहरुलाई तीजको दर खुवाएको छ । प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय पुर्व सल्लाहकार एवं बुटवल उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष खेम हमालले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि हमालले प्रतिष्ठान रुपन्देहीले हरेक वर्ष यस्तै रचनात्मक तथा सामाजिक उत्तरदायित्व अनर्तगतका कार्यहरु गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह गरे । 


कार्यक्रममा विशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रिय सदस्य दीपक गरौजा र रुपन्देही जिल्ला उपाध्यक्ष रितु थापाले गीतमार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजक संस्थाका अध्यक्ष दीपक कार्कीले कलाकारहरु कला कर्ममा मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक सेवामा पनि अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।सो अवसरमा प्रतिष्ठान रुपन्देहीले आश्रमका लागि नगद रु. ७ हजार ५ सय रुपैया आर्थिक सहयोग समेत गरेको छ । आश्रमका अध्यक्ष डोलराम विश्वकर्मालाई प्रतिष्ठानका अध्यक्ष कार्की र कोषाध्यक्ष सन्जय सौगातले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता राना, लुम्बिनी प्रदेशका सल्लाहकार टंक गैरे, रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सी, नारायण रायमाझी, प्रतिष्ठान लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष नारायण थापा, सह–सचिव दामोदर बस्याल, आजीवन सदस्य जे.बी. क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।सोही कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सी.ले आश्रमका लागि मादल सौजन्य गर्नै घोषणा समेत गरेका थिए । प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विजय सापकोटाको स्वागत र सह–सचिव विधान कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष तथा निवर्तमान केन्द्रिय सदस्य चर्चित गायक बैकुण्ठ महतको विशेष सहयोग रहेको थियो । 

कमेन्ट गर्नुहोस्