
तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बुटवल नगर भेला बिहिबार बुटवलमा सम्पन्न भएको छ । असोजमा महाधिवेशन गर्ने तयारी गरेको उक्त पार्टीले वडा, नगर, जिल्ला हुदै केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ । यसैबीच बुटवलमा सम्पन्न नगर भेलाले 'रोमियो' को नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै सेक्रेटरी विश्वास भट्टराईले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प नभएको बताए । बुटवल इन्चार्ज बिरेन्द्र बि क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बर्तमान सरकार तीन बुँदे शान्ति सम्झौता प्रति इमानदार नदेखिएकोले सचेत रहदै पार्टीले उठाएका बिचारहरुलाई जनताको विच लैजानुपर्नेमा जोड दिए । 'रोमियो'को अध्यक्षतामा सम्पन्न भेलाको संचालन 'आत्मा'ले गरेका थिए ।
कमेन्ट गर्नुहोस्