
तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्बाट धेरै प्रेरणा लिन सकिने बताएका छन्। उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिलेनै प्रेरणा लिन सक्ने प्रचण्डको भनाई छ। ‘हर्क जीले कम्युनिष्ट पार्टी अझ भनौँ माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरुले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने।जनतासँग सधैँ जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।‘जनतासँग जोडिएर काम गर्नुस्। सधैँ जनतासँगै रहनुस्।
अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।जवाफमा हर्कले आफू सधैँ जनतासँगै जोडिएर काम गर्ने बताएका छन्। ‘हवस् सर म सधैँ जनतासँगै जोडिएर काम गर्छु,’ उनले प्रचण्डसँग भने।केही समय अघि हर्कले प्रचण्डलाई धरानको श्रमदान र बृक्षारोपणमा सहभागी हुन निमन्त्रणा दिएपछि जनवादी गायक जेबी टुहुरेको स्मृति धरान पुगेका प्रचण्डले वृक्षारोपण गरेका हुन्।
कमेन्ट गर्नुहोस्