लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त

tillotmacitynews - 2022 Aug 22 07:09 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९। सरकारले  वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।


सिफारिस भएका तीनै जनाले नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक लबिइङ गरिरहेका थिए।कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६  जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । २० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो ।आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवारहरु मात्र छानिएको थियो । प्रारम्भिक सूचीमा बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठ थिए ।

कमेन्ट गर्नुहोस्