लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनाव अघि काँग्रेस फुट्न सक्ने

IMG

तिलोत्तमा सिटी न्युज, साउन २९ गते २०७९। प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाली काँग्रेस फुट्न सक्ने देखिएको छ । सभापति शेरबहादुर देउवाले टिकट बाँडफाँटमा संस्थापनइतर समूहलाई पेलेरै जाने संकेत पाएसँगै विकल्पहरु तयार गरे काँग्रेसभित्रको ठूलै शक्ति तयारी अवस्थामा बसेको छ । विश्वस्त स्रोतका अनुसार काँग्रेसभित्रको डा. शेखर कोइराला समूहले सबै भातृ संगठनका आफूपक्षीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । उनले समानान्तर कमिटीहरु गठन गर्ने प्रक्रिया थालिसकेको बुझिएको छ । टिकट बाँडफाँटमा माग पूरा नभए सोही कमिटीलाई नै लिएर अलग पार्टी गठनको तयारी भइसकेको छ । त्यसका लागि निर्वाचन आयोगमा गोप्य तरिकाले पार्टी दर्ता समेत भइसकेको विश्वस्त स्रोतले बताएको छ ।



कोइराला समूहले चुनावमा टिकट बाँडफाँट गर्दा कम्तिमा ४० प्रतिशतको माग गर्दै आएको छ । त्यो पाउने सम्भावना कमजोर हुँदै गएकाले विद्रोहको दबाब बढेको छ । विद्रोहमा काँग्रेस फुट्ने सम्भावना पनि हुनसक्ने गरी तयारी भएको छ । सत्ता गठबन्धनको टिकट बाँडफाँटमा काँग्रेसले १६५ मध्ये आधा पाउने र त्यसमध्ये पनि शेखर पक्षधरले ४० प्रतिशत पाएमा ३० भन्दा बढी सिट पाउने सम्भावना हुन्छ । टिकटको पूर्वतयारीमा रहेका कतिपय संस्थापनइतरका नेताहरुले विद्रोहका लागि आफ्नो तयारी गरिरहेको बुझिएको छ ।


कमेन्ट गर्नुहोस्