लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैको सहमतिमा ल्याइएको नागरिकता बिधेयक स्वीकृत गरिनुपर्छ : गृहमन्त्री खाण

IMG

तिलोत्तमा सिटी न्युज, साउन २७ गते २०७९। नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता बिधेयक अबिलम्ब स्विकृत हुनु पर्ने धारण राखेका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भएको नागरिक बिधेयक किन स्विकृत भएको बारे आफुहरुले बुझ्नै नसकेको प्रतिक्रिया दिए ।जिल्ला स्वास्थ्य कार्यालय भैरहवाद्वारा शुक्रबार आयोजित कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नै गृहमन्त्री खाँणले सबैको सहमतिमा ल्याइएको नागरिकता बिधेयक स्विकृत गर्न आग्रह गरेका हुन ।


कार्यक्रममा बोल्दै नागरिकता बिधेयक सबै राजनैतिक दलको सहमतिमा ल्याएको बताए ।पूर्व सरकारले ल्याएको बिधेयकमा सार्क मुलुक बाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको बिषयमा मात्र संशोधन गरि अन्य कुराहरु जस्ताको तस्तै रहेको खाणले बताए ।वर्तमान समयमा नेपाली आमा बाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएकोले उनिहरुलाई नेपाली नागरिक भएको अनुभति दिलाउन पनि नागरिकता बिधेयक स्विृकत हुन आवश्यक रहेको जनाए ।यो बिधेयक पारीत भई ऐनको अकार लिएन भने कसले नागरिकता पाउदैन रु जसको बा र आमा नेपाली नागरिक हुन उनिहरुले पाउदैनन ।” खाँणले भने “उनिहरुको संख्या धन्नै ६ लाख पुगि सकेको छ । उनिहरु अनागरिकको जिवन बिताउनु परिरहेको बताए ।


एउटा सामान्य मानवको हैसियतमा पाउने सेवा सुविधबाट नागरिकहरु बञ्चित हुनु परेको बताउदै खाँणले उनिहरुलाई नया जिवन दिन बिधेयक स्विकृत हुन आवश्यक रहेको बताए ।
“बैवाहिक अंगिकृतको बारे बिधेयकमा केही उल्लेख गरिएकै छैन ।” उनल भने त्यसमा सहमति जुट्न सकेन त्यसकारण यो बिधेयकमा त्यो राखिएन । दिने पनि राखिएन, नदिने पनि राखिएन, समय पनि राखिएन ।”यसै गरि कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए ।स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।


कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यम मन्त्री ईन्द्रजीत थारुले जनता, स्थानिय तह, प्रदेश सरकार र संघ सरकारले एकिकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको प्रयास सफल भएको बताए ।उनले सबैको एकजुट प्रयासले यो महामारीबाट उन्मुक्ति पाएकोले यसले सबै एकजुट भए जस्तो सुकै संकटबाट जुध्न सकिने सन्देश दिएको बताए ।रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ ।


रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले रुपन्देही जिल्लाको कोभिड–१९ रोग बिरुद्दको खोपको पहिलो र दोश्रो मात्राको प्रगति देबदह, बुटवल, सैनामैना, कन्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको बताए ।पूर्ण खोप घोषणा गर्नु भन्दा अघी घर घर गई डाटा संकलन गरी कुनै पनि १२ बर्ष माथिका नागरिक खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएकोले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्