लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गर्नेको लर्को, केन्द्रिय अध्यक्ष रञ्जिता चौधरीद्धारा स्वागत

tillotmacitynews - 2022 Aug 11 07:00 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। नागरिक उन्मुक्ति पार्टी रुपन्देही जिल्ला समितिको आयोजनामा साउन २४ गते बुधवार दिन भेला तथा पार्टी प्रवेश कार्यक्रममा रुपन्देहीको तिलोत्तमा – १० बेवराको थारु सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको छ। पार्टी प्रवेश कार्यक्रममा नेपाली कांगेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी र लोसपा पार्टी लगायतका नेता तथा कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। यसैगरी बिभिन्न राजनीतिक दलमा आस्थावान नेता तथा कार्यकर्ताहरु ६० भन्दा बढी नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।


नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता चौधरीले बिभिन्न राजनीतिक दल परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा आउनु भएका कार्यकर्ताहरु लाई स्वागत गरेका थिए। उनले यो पार्टी पहिचानवादी पार्टी रहेको बताउदै । बैकल्पिक शक्तिको रुपमा नागरिक उन्मुक्ति पार्टी स्थापित हुँदै गै रहेको जानकरी गराए । उनले बिधिको शासान पद्धति र लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसाथ् गरि नै यो पार्टी अघि बढेको बताए। कैलालीमा एउटा घटना घट्यो जुन देश ब्यापी रुपमा परिचित छ। जुन टिकापुर काण्डले मेरो श्रीमान् र अन्य ५२ आमनागरिक जेल चलान परे ।


७ वर्ष देखि टिकापुर काण्डको आरोपमा धनगढी ,पोखरा र काठमाडौ करागारमा सजाय भोगी रहेका छ्न । अन्यायमा परेकाहरु लाई हामीले न्याय माग्दै रुपन्देही जिल्लामा आएका छौ तपाईंको सयोग साथ भए पक्कै पनि ती सबले न्याय पाउने जानकारी गराए । टिकापुरका जनताले रेशम चौधरीलाई निर्दोष रहेको साबित गरेको बताए किन कि प्रतिनिधि सभाको निर्वाचन ३४ हजार भोट ल्याएर विजय भएकालाई किन जेल चलान गरेको भनेर सरकार सङ हामीले प्रश्न गरौ तर कोहि उत्तर छैन त्यसैले न्यायको लागि पहिचानवादीहरु एकजुट भएर लाग्न समेत अग्राह गरेका थिए।


प्रबक्ता दमोदर पाण्डितले ७ वर्ष बित्दा पनि थारु समुदायले कैलालीमा घटेको घटना जातिवादी होकि पहिचानवादी आन्दोलन हो किन बुझ्न नसकेको भन्दै प्रश्न गरेका थिए। थारु समुदायले त्यो आन्दोलन बुझेको भए रेशम चौधरी लगायत ५२ जान जेल चलान हुदैन थिए होला किन कि यो आन्दोलन जातिवादी आन्दोलन नरहेर पहिचानवादी आन्दोलन रहेको बताए । अहिले सम्म रेशम चौधरी पहिचानवादी भएकै कारणले गर्दा जेल परेको जानकारी गराए। अब रेशम चौधरी ब्यक्ती नरहेर पहिचानवादी एक हुनाहार ब्यक्ती रहेको जानकारी गराए। उहाँले कैलाली जिल्लामा ९० जानले स्थानीय तह जनप्रतिनिधि मा जितेको र अहिले नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्लामा एक नम्बर पार्टीको रुपमा स्थापित भएको बताए । अब को केही महिनामा हुने प्रतिनिधि र प्रदेश निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले अन्य प्रदेशमा भन्दा सुदुरपश्चमी प्रदेश बहुमत ल्याएर सरकार बनाउने समेत जानकारी गराए । त्यसैले आफ्नो घर कस्तो बनाउने हो आफै सोचौ किन कि पार्टी एउटा घर जस्तै हो त्यसैले घर जस्तै मानेर पार्टी बनाउनुस भन्दै आफ्नो भनाइ राखेका थिए ।


नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय संगठन बिभाग प्रमुख लक्ष्मण किशोर चौधरीले जब सम्म आदिवासी जनजाति वा भुमीपत्रले राज्यसत्ता सन्चालन गर्न पाउदैन तब सम्म भुमिपुत्रहरु यसरी नै सजायको भागेदार भै राख्ने बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय समन्वय बिभाग प्रमुख सुरेन्द्र चौधरीले रमेश चौधरीलाई रिहाको लागि संसद सचिवालयमा समेत प्रतिबेदन पेश गरेको थियौ तर त्यो कार्यन्यन नभएको जानकारी गराए। जब सम्म शासन सत्तामा आदिवासी जनजातिको पहुच हुँदैन तब सम्म आदिवासी जनजातिले यो समाजबाट उन्मुक्ति नपाउने जानकारी गराए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टि केन्द्रिय सदस्य लगायतले आफ्नो भनाई ब्यक्त गरेका थिए जसमा यसैगरी नागरिक उन्मुक्ति पार्टी रुपन्देही जिल्ला सम्योजक धनिराम चौधरीको सयोजकत्वमा रहेको थियो। नागरिक उन्मुक्ति पार्टी नवलपरासी ,कोपिलबस्तु, दाङ लगायत बाट जिल्ला अध्यक्षहरु समेत कार्यक्रममा सहभागी रहेको थियो।





कमेन्ट गर्नुहोस्