
तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी-विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी-विरोधसमेत)को कार्यक्रम सञ्चालन हुने बताए । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।
कमेन्ट गर्नुहोस्