लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनावमा प्रचण्डले चितवन नछोड्ने

IMG

तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी दोस्रो दल बन्ने दाबी गरिरहेका छन् । कांग्रेससहितका पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी आगामी निर्वाचनमा निर्णायक शक्तिको रुपमा उभिने बताउँदै आएका छन् । यो सँगै उनी निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको रुपमा पनि प्रस्तुत भैरहेका छन् । निर्वाचनपछि कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने चर्चा भैरहेको छ । 



आगामी निर्वाचनमा दाहाल स्वयम भने कहाँबाट चुनाव लड्छन् ? भन्ने कुरा अहिले अर्को चर्चाको विषय बनेको छ । यसअघि दाहाल चितवन–३ बाट निर्वाचित भएका थिए । एमलोसँगको गठबन्धनमा उनी ०७४ मा भारी मतले विजयी भएका थिए । अहिले उनी चितवनबाटै चुनाव लड्छन् ? वा के गर्छन् ? भन्ने विषय निक्र्यौल भएको छैन् । कतिपयले दाहाल धनुषा–१, सिरहा–१, सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर, दाहालले भने आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । जापान भ्रमणमा रहेका दाहालले गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा दाहालले भनेका थिए,‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला। देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु, म अपिल गर्छु की जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’ file photo


कमेन्ट गर्नुहोस्