लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता गठबन्धनमै राख्न प्रधानमन्त्रीसँग बाबुरामको माग

tillotmacitynews - 2022 Aug 09 11:19 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए ।


‘हाम्रो पार्टी दर्ता भयो, हामी यही गठबन्धनको घटक हौं,’ भट्टराईको भनाइ उद्धत गर्दै अनलाइनखबरसँग यादवले भने, ‘यही गठबन्धनमा रहनको लागि वातावरण बनोस् ।’ जवाफमा प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर मिलाउने बताएका थिए ।यसबारे पनि यादवले भने, ‘उहाँले गठबन्धनमा छलफल गरेर गर्छौं भन्नु भएको छ । सकरात्मक कुरा भएको छ ।’

कमेन्ट गर्नुहोस्