लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुदैन : प्रचण्ड

tillotmacitynews - 2022 Aug 09 11:17 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको बताए ।


उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु पनि हुन्न ।’राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । प्रचण्डले भने, ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’

कमेन्ट गर्नुहोस्