
तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। भूराजनीतिक उथलपुथलबीच परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार यो भ्रमण ‘रेसिप्रोकल’ हो । ‘केही समयअघि चीनबाट परराष्ट्रमन्त्रीजी आउनुभएको थियो, उहाँकै निम्तोमा नेपालबाट भ्रमण हुन लागेको हो,’ उनले भनिन्, ‘भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धका यावत् पक्षमा छलफल हुन्छ ।’
कमेन्ट गर्नुहोस्