लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता गठबन्धनको बैठक बस्दै

IMG

तिलोत्तमा सिटी न्युज, साउन २० गते २०७९। सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।


सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुने बताए ।

कमेन्ट गर्नुहोस्