
तिलोत्तमा सिटी न्युज, साउन १९ गते २०७९ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बिहीबारकाे बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो । चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने सत्ता गठबन्धनका नेताहरुको बुझाइ छ ।
कमेन्ट गर्नुहोस्