लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मतदाता नामावली संकलन भोलि शुक्रबारदेखि रोकिने

IMG

तिलोत्तमा सिटी न्युज, साउन १९ गते २०७९ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन हाललाई स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने पत्रकारहरुलाई जानकारी दिए । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।


कमेन्ट गर्नुहोस्