लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकै चरणमा हुदै

IMG

तिलोत्तमा सिटी न्युज, साउन १९ गते २०७९ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । यसैबीच यो हिसाबले प्रतिनिधिसभाको कार्यकाल आगामी मंसिर ९ सम्म रहनेछ । 



कमेन्ट गर्नुहोस्