लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता स्वार्थ पूरा गर्न गठबन्धनले अर्थमन्त्री शर्मालाई चोख्यायो : शंकर पोखरेल

IMG

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तारूढ गठबन्धनका दलले बहुमत र शक्तिको बलमा अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याएको बताएका छन् । बुधबार तुलसीपुरमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहालले आफ्नो अपराध लुकाउन र सत्ता स्वार्थ पूरा गर्न अर्थमन्त्री शर्मालाई चोख्याएको जिकिर गरे। संसदीय समिति मार्फत चोख्याए पनि जनताको नजरमा गिरिसकेको पोखरेलको भनाइ थियो । त्यस्तै, उनले सत्तारूढ गठबन्धनकै कारण देशमा भ्रष्ट्राचार र महँगीले सीमा नाघेको जिकिर गरे। राष्ट्र हितमा कमजोर रहेको सरकार सत्ता सञ्चालनमा समेत असफल भएको उनको टिप्पणी थियो। एमाले महासचिव पोखरेलले प्रदेश र संघको निर्वाचनको मिति घोषणा गर्न समेत सरकारले आलटाल गरिरहेको बताए। मंसीरमा चुनाव गर्न तत्काल मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्