
तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। सामाजिक सेवामा कटिबद्ध लायन्स क्लब अफ शंकरनगरद्वारा बृक्षारोपण तथा फलफूलका बिरुवा बितरण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा -२ मा आफ्नो कार्यालय रहेको क्लबले आज बिहान बृक्षारोपण तथा फलफूलका बिरुवा बितरण कार्यक्रम संपन्न गरेको हो ।औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर उप प्रमुख जगेश्वरदेवी चौधरीले लायन्स क्लब अफ शंकरनगरले गरेको सामाजिक कामको प्रशंसा गर्नुभएको थियो। उहाँले क्लबले समाजमा भएका असक्त असहाय हरुको सेवामा सधै हाजिर भएको र सामाजिक हिसाबले नगरपालिकालाई समेत सहयोग गरेको प्रति धन्यबाद ज्ञापन गरेकी थिइन् । क्लबले कोभिड्का बेला सो भवन बिरामी उपचार र कार्यालयको लागि हस्तान्तरण गरेको थियो।
क्लबका अध्यक्ष ला. दिपेश कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव ला. गोपाल कार्कीले गरेका थिए। औपचारिक कार्यक्रम पश्चात् बनबाटिका भित्रको खाली जग्गामा फलफूलका बिरुवा बृक्षारोपण गरिएको थियो भने क्लबका सदस्यहरुलाई १ बर्षको अनुगमन गर्ने गरी बिरुवा घरमै रोप्न बितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर उप प्रमुख जगेश्वरदेवी चौधरीसंगै बक्ताहरुमा तिलोत्तमा-२ का वडा अध्यक्ष डिल बहादुर भट्टराई, कार्यपालिका सदस्य सावित्री आचार्य, सदस्य डोल बहादुर थापा, पूर्णकला बिक, खेमराज पाठक ( रामकृष्ण ), क्लबका पीपी श्रवन कुमार जैसवाल, लक्ष्मण प्रसाद पाठक , पुर्व अध्यक्ष दिपक भण्डारी, लायन्स सुमन पाठक आदिले आफ्नो भनाई राखेका थिए ।
कमेन्ट गर्नुहोस्