
तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने बताउनुभएको छ ।पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिँदै मिश्रले संकटका बेलामा सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताउनुभएको हो । मिश्रले हृदयन्द्र शाहलाई एकदिन राजाको रुपमा देख्न चाहेको पनि उल्लेख गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्