लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीलंकामा प्रदर्शन: एक जनाको मृत्यु र ८४ घाइते

IMG

तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएको अस्पताल अधिकारीहरूले बताएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सास फेर्न गाह्रो भएपछि २६ वर्षीय युवकको मृत्यु भएको हो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।


तर उनको पनि राजीनामा दिन माग गर्दै प्रदर्शनकारीले थप विरोध प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्